विद्युतीय गाडी आयातबाट एक अर्ब ३५ करोड ४१ लाख राजस्व सङ्कलन

१ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको एघार महिनाको अवधिमा पाँच अर्ब बढीका विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्याङ्कअनुसार जेठ मसान्तसम्म एक हजार ७०४ विद्युतीय गाडी नेपाल भित्रिँदा पाँच अर्ब पाँच करोड १६ लाख १३ हजार विदेशीएको हो ।

यस्तैगरी उक्त विद्युतीय गाडी आयातबाट सरकारले एक अर्ब ३५ करोड ४१ लाख बराबर राजस्व सङ्कलन गरेको छ । सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालित हुने गाडीको आयातमा रोक लगाउँदा विद्युतीय गाडी आयातमा वृद्धि भएको बताइएको छ ।

देशमा विदेशी मुद्राको सञ्चितिमा कमी आएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गाडीसहित विभिन्न १० वस्तुको आयातमा रोक लगाएको छ । मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गरी असार मसान्तसम्म उक्त वस्तुको आयातमा रोक लगाएको हो । 

सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालित गाडीको आयातमा रोक लगाएर विद्युतीय सवारी आयात खुला राखेको थियो । 

१ बर्ष अगाडि

प्रतिक्रिया