‘आइएमई पे’द्धारा  ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक

१ बर्ष अगाडि

काठमाडौं-आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित ‘आइएमई पे’ले प्रयोगकर्ता माझ ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक गरेको छ। 

यस अफरअन्तर्गत सबै प्रयोगकर्ताहरुले कुनै पनि क्यूआर पेमेन्ट आइएमई पे एपमार्फत भुक्तानी गर्दा दिनभरिमा १० प्रतिशत छुट (अधिकतम रु. १०० सम्म) प्राप्त गर्ने व्यवस्था मिलाइएको छ।

आइएमई पेले यस अफर ल्याउनको मुख्य उद्देश्य आफ्ना नियमित र सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन गर्नेछ । उक्त अफर यहीँ असार १० शुक्रबारका दिन १ दिनका लागिमात्र मान्य हुनेछ। 

अफरअन्तर्गत पहिलो २ हजार ५०० सेवाग्राहीले मात्र क्यासब्याक पाउनेछन् भने पियर्स‐टु‐पियर्स क्यूआर ट्रान्जेक्सनमा यो अफरअन्तर्गतको क्यासब्याक प्राप्त गर्न सक्दैन।   

आइएमई पे नेपालकै अग्रणी फिनटेकमध्ये एक हो। जसले डिजिटल वालेटका सबै सुविधाका साथै अन्य आर्थिक लाभ प्रदान गरिरहेको छ। वित्तीय समावेशीताको सामूहिक लक्ष्यका साथ आइएमई पे आफ्ना सेवाहरु एक सरल तर प्रभावकारी एपमार्फत देशका हरेक कुना–कुनामा उपलब्ध गराउनमा केन्द्रित रहेको छ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। ‘आइएमई पे’ आइएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो। 

१ बर्ष अगाडि

प्रतिक्रिया