काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले निजी प्रयोजनका लागि सवारीसाधनको आयात लागेको प्रतिबन्ध हटाउन आफू सकारात्मक रहेको बताएका छन् ।
नाडाका अध्यक्ष धु्रव थापा नेतृत्वको एक प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री देउवासँग भेट गरेको थियो । सोही भेटमा प्रधानमन्त्री देउवाले यस्तो धारणा राखेका हुन् ।
प्रधानमन्त्री देउवाले सवारीसाधन पैठारीकर्ताहरुले अब नेपालमै विद्युतीय सवारीसाधनहरुको एसेम्बलिङ प्लान्ट स्थापना गरी बढ्दो व्यापार घाटा कम गर्न सुझाव पनि दिए ।
भेटमा अध्यक्ष थापाले नेपालमा पैठारी हुने हजारौँ वस्तुमध्ये कार, जिप र भ्यानजस्ता सवारीसाधनमात्र यस्तो वस्तु हुन् जसले आयातको तुलनामा झण्डै दोब्बर भन्दा बढी राजश्व योगदान पुर्याउने गरेको बताए ।
यो तथ्यले नेपालको बढ्दो व्यापार घाटा र शोधनान्तर घाटामा यसको अंश अत्यन्त सानो भए पनि योगदान भने धेरै उच्च रहेको समेत स्पष्ट हुने उनले बताए ।
यिनै यथार्थताहरुलाई मनन गर्दै कार, जिप र भ्यानजस्ता निजी प्रयोजनका सवारीसाधनको आयातमा लागेको प्रतिबन्ध फुकाउनका लागि आवश्यक पहल गरिदिन थापाले प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन् ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।