५०० ले बढ्यो सुनको मूल्य, घट्यो चाँदी

आइतबार, ०८ साउन २०७९, १० : ५२

काठमाडौं - आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

गत शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार  प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 
 
गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ । 

गत शुक्रबाटर प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

आइतबार, ०८ साउन २०७९, १० : ५२

प्रतिक्रिया