‘नाडा अटो शो–२०२२’ स्थगित

सोमबार, ०९ साउन २०७९, १० : ४४

काठमाडौं - नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले भदौमा आयोजना गर्ने गरी तयारी गरेको यस वर्षको ‘नाडा अटो शो–२०२२’ स्थगन भएको छ । 

नाडा कार्यसमितिको आइतबार बसेको बैठकले अटो शो केही समयका लागि स्थगन गर्ने निर्णय गरेको हो । नाडाले आगामी भदौ ७ गतेदेखि १२ गतेसम्म काठमाडौँमा अटो शो आयोजना गर्ने तयारी गरेको थियो ।

सरकारले साउन १ गतेदेखि सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटाउने आश्वासनअनुसार अटो शो को तयारी थालेको नाडाले प्रतिबन्ध लम्बिएसँगै अटो शो स्थगन गरेको हो ।

देशमा विदेशी मुद्राको सञ्चितिमा कमी आएको भन्दै उद्योेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउन १ गते राजपत्रमा सूचना प्रकाशन नै गरी १५० सीसी क्षमतामाथिका मोटरसाइकल तथा स्कुटर र चार पाङ्ग्रे सवारी साधन आयातको प्रतिबन्ध भदौ १४ गतेसम्म लम्ब्याएको छ ।

सोमबार, ०९ साउन २०७९, १० : ४४

प्रतिक्रिया