एक वर्षमा ८ अर्बका मोबाइल फोन नेपाल भित्रिए

सोमबार, ०९ साउन २०७९, १७ : ३७

काठमाडौं- नेपालमा गत आर्थिक बर्ष २०७८/०७९ मा ३८ अर्बका मोबाइल फोन आयात भएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार ५५ लाख मोबाइल सेट नेपाल भित्रिएका हुन ।

अघिल्लो आर्थिक बर्षको सोहि समयमा नेपालअघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ३६ अर्ब ९० करोड रुपैयाँ बराबरको मोबाइल आयात भएको थियो । जस अनुसार ७० लाख ३० हजार ३६६ सेट मोबाइल व्यवसायीले आयात गरेका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष मोबाइल आयात १४ लाख ४३ हजार ७८८ थानले घटेको हो ।

 नेपालमा अहिले ३०० डलर माथिका मोबाइल फोन ल्याउन प्रतिबन्ध छ ।

सोमबार, ०९ साउन २०७९, १७ : ३७

प्रतिक्रिया