एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल

मंगलबार, १० साउन २०७९, १३ : ३४

काठमाडौं- एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन् । 

सोहम ढकाल यस अघि एक उद्यमीका रुपमा चर्चित व्यक्तित्व हुन् । उनीसंग २४ वर्ष भन्दा बढि सफल उद्यमीको रुपमा अनुभव छ ।

ढकालले अमेरिकाको ओराकल सर्नर कर्पोरेशनबाट आफ्नो करियर सुरु गरेका थिए । नेपाल फर्केपछि उनी एक सफल उद्यमी बन्न सफल भए । उनले साना किसान सहकारीलाई सफ्टवेयर उपलब्ध गराउनेदेखि विभिन्न किसिमका सफ्टवेयर निर्माण गरे । उनी यसअघि भायानेटको प्रमुख सञ्चालन अधिकृतको रुपमा समेत कार्यरत थिए । उनले कम्प्युटर विज्ञान र गणितमा स्नातक गरेका छन्।

मंगलबार, १० साउन २०७९, १३ : ३४

प्रतिक्रिया