ईन्टरनेट सेवालाई द्रुत गतिमा विस्तार गरिरहेकोमा पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिश मिडिया नेटवकले आईपी टिभीको सेवा शुभारम्भ गरेको छ ।
नेपालको एक मात्र डिटिएच सेवा प्रदायक डिश मिडिया नेटवर्क विगत १२ वर्षदेखि पे टिभि इन्डस्ट्रीमा आफ्नो बेग्लै पहिचान बनाउन सफल रहेको छ । २०६७ सालमा होमटीभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेकोमा पछि डिश नेपालसँग मर्जर गरी डिशहोम नाममा आफ्नो सेवा लाई सञ्चालनमा ल्याएको थियो। नेपालका कुनाकाप्चासम्म टेलिभिजन सिग्नल पुर्याएर संचारको क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याएको डिशहोमले ग्राहकलाई उत्कृष्ट विभिन्न च्यानलहरुसँगै गुणस्तरीय बिक्रीपछिको सेवा पनि प्रदान गर्दै आएको जनाएको छ।
पे टिभिमा मात्र आफ्नो सेवा प्रदान गरिरहेको डिश मिडिया नेटवर्कले आफ्नो व्यवसायलाई विस्तार संगै अन्य सेवा प्रदायक भन्दा उत्कृष्ट,सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्नका लागि केबल टिभि,ईन्टरनेट टिभी र आईपीटिभी समेत आफ्नो सेवा लाई विस्तार गरेको छ ।
DTH Terrestial (T2) भन्दा फरक प्रविधि Internet protocol based यो आईपी टिभीमा Shorts Tv, रमाईलो टिभी,गुञ्जन,सिने हिट्स,जुनियर टिभी र नेपाली भाषमा लोकप्रिय कोरियन सिरिज जस्ता डिशहोमका Exclusive च्यानलनहरु लगायत २०० भन्दा बढी टिभी च्यानलहरु, ५ हजार घण्टा भन्दा बढी विभिन्न content हरु Video on Demand,Catch-up tv/Start-over tv,Youtube,Tiktok लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलब्ध रहेका छन् ।
आईपी टीभी सेट टपका निम्न स्पेसिफिकेसन छन्–
● Amlogic S905X 64bit quad core ARM® Cortex™ A53 CPU
● RAM: 1 GB / ROM: 8 GB ● 100 M RJ 45 Port
● Built in Wi-Fi 2.4 Ghz IEEE 802.11 a/b/g/n
● 2.0 USB Slots * 2
● Power Input: 12V/1 Amp
● Quick App Launch Buttons on the Remote
● Video Decoding: 4K * 2K @ 60fps H.265
● Audio Decoding: MPEG 1/2/2.5, AAC-LC/HEAAC
प्रतिक्रिया