भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगीव्यवसायीलाई आवेदन दिन आह्वान

१ बर्ष अगाडि

काठमाडौं - सरकारले भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगीव्यवसायीलाई आवेदन दिन आह्वान गरेको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै भारतबाट गहुँ र चिनी आयात गर्न चाहने उद्योगीव्यवसायीलाई आवेदन दिन आह्वान गरेको हो । आवेदन यही साउन २८ गतेभित्र मन्त्रालयमा ई–मेलमार्फत पठाउन सूचनामा भनिएको छ । 

भारतले हाल गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । चीन निर्यातका लागि विशेष स्वीकृति चाहिने भारत सरकारले जनाएको छ। यही सन्दर्भमा भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगीव्यवसायीसँग सरकारले आवेदन माग गरेको हो । 

आवेदन दिँदा चिनी र गहुँका लागि मन्त्रालयको वेबसाइटमा रहेको छुट्टाछुट्टै फारम भर्नुपर्नेछ । 

१ बर्ष अगाडि

प्रतिक्रिया