शुक्रबार सुनको मूल्य तोलामा ७०० रुपैंयाले बढ्यो, चाँदीको कतिले वृद्धि ?

१ बर्ष अगाडि

काठमाडौं, शुक्रबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ ।

हिजो अर्थात बिहीबार प्रतितोला ९६ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज (शुक्रबार) तोलामा ७०० रुपैंयाले बढेर प्रतितोला ९६ हजार ८०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य ९६ हजार ३०० रुपैंया रहेको छ ।

यस्तै,चाँदीको मूल्य पनि तोलामा १० रुपैंयाले बढेको छ । हिजो प्रतितोला १ हजार २१० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज बढेर १ हजार २२० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । 
 

१ बर्ष अगाडि

प्रतिक्रिया