फिनल्यान्ड दूतावाससँगको सहकार्यमा 'नोकिया नेपाल इनोभेसन डे २०२२' सम्पन्न

१ बर्ष अगाडि

काठमाडौं ।  नोकियाले फिनल्यान्डको दूतावाससँगको सहकार्यमा शुक्रबार काठमाडौंको होटेल मेरियटमा ‘नोकिया नेपाल इनोभेसन डे २०२२’ सम्पन्न भएको छ ।

वि.स. २०१७ मा नोकियाले नेपालमा आफ्नो उपस्थितिको स्थापना गरेको थियो भने हाल १० लाख भन्दा बढी नेपाली घरहरु सम्म आफ्ना ग्राहक अपरेटरहरुमार्फत उच्च गुणस्तरको फिक्स्ड ब्रोडब्यान्ड सेवा पुर्याउन सफल भएको छ ।

अब नेपाललाई फाइभजी युगका लागि तयार पार्ने र डिजिटल क्रान्तिको हिस्सा बनाउने लक्ष्य नोकियाले लिएको छ । जसको मुख्य उद्देश्य भनेको उच्च गुणस्तरीय सेवा, किफायती मोबाइल र फिक्स्ड ब्रोडब्यान्ड होभनेसाथ साथैहरके कुनामा पुगि समाजको सेवाविहीन र असीम वर्गहरुलाई सशक्तीकरण गराउनु पनि हो ।

नोकिया नेपाल इनोभेसन डे कार्यक्रममा नोकियाले आवश्यकतालाई सम्बोधन गर्न र त्यसका साथै अभूतपूर्व स्तरमा मानिसहरु, व्यवसाय र मेसिनरीहरुलाई निर्वाध रुपमा जडान गर्न, नयाँ सेवाहरु विकास गर्न र राजस्व चलाउने तरिकाहरु अन्वेषण गर्न विषय विशेषज्ञहरुलाई निम्त्याएको थियो ।

कार्यक्रमका मुख्य विषयहरु फाइभजी क्रान्ति जारी गर्दै, इन्डस्ट्री ४।० को डिजिटल युगमा रुपान्तरण र गीगाबिट युगमा गति बढाउँदै जाने रहेको थियो । 

पहिलेभन्दा अझ छिटो, धेरै मात्रामा फलदायी रुपमा जडान गर्ने फ्युचर(प्रूफ ब्रोडब्यान्ड नेटवर्क कसरी सिर्जना गर्ने भनी नेपालका दूरसञ्चार सञ्चालकहरुले बुझेर लाभ उठाउनेछन् । थप सक्रिय, डिजिटल र दिगो भविष्यका निम्ति विज्ञहरुले उद्योग, सरकार र सहरहरुका लागि उद्देश्य—डिजाइन नेटवर्कहरु निर्माण गर्नेबारे कुरा गरेका छन् । 

अजेन्डामा बिजुली र उपयोगिता, सार्वजनिक सुरक्षा, यातायात, स्मार्ट सहरहरुलगायत विभिन्न उद्योग भर्टिकल्सहरुका लागि इन्डस्ट्री ४।० का निम्ति फाइभजी प्रयोग गर्नेबारे छलफलहरु समावेश गरिएको थियो ।

नोकियाले मोबिलिटी, फिक्स्ड नेटवर्क, आईपी र अप्टिकल नेटवर्क र इन्टरप्राइजेजका लागि आफ्नो बजार अग्रणी समाधानहरु प्रदर्शन गरेको थियो भने नेटवर्कहरु स्केलमा प्रदर्शन गर्ने बारे, गतिमा अनुकूलन गर्ने, ग्राहकको अनुभव बढाउने र नयाँ राजस्व स्ट्रिमहरु अनलक गर्ने र डिजाइन गर्न सकिन्छ भनेर प्रदर्शन गरेको थियो ।

१ बर्ष अगाडि

प्रतिक्रिया