अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ ह्वात्तै घट्यो

१ बर्ष अगाडि

एजेन्सी - अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ ह्वात्तै घटेको छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माग घट्न थालेपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ ह्वात्तै घटेको हो । 

अमेरिकी तेल २.३ प्रतिशतले घटेर प्रतिब्यारेल ८८.५४ डलर कायम भएको छ । यो गत फेब्रुअरी २ पछिको सबैभन्दा कम हो । विश्व बेन्चमार्क ब्रेन्ट कच्चा तेलको भाउ लगभग ३ प्रतिशत घटेको छ । 

अमेरिकाको सरकारी प्रतिवेदनका अनुसार बुधबार कच्चा तेल र पेट्रोल दुवैको भण्डारण अप्रत्याशित रुपमा बढेको छ । जसले माग घटेको संकेत गर्छ । यही कारणले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको हो।  

रुसले युक्रेनमा आक्रमण गरेपछि गत ८ मार्चमा तेलको मूल्य हालसम्मकै उच्च प्रतिब्यारल १२३.७० पुगेको थियो । हाल उक्त उच्च मूल्यबाट २८ प्रतिशत घटेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया