काठमाडौं - डिशहोममा १ वर्षको रिचार्ज गर्दा ज्ञानबहादुर खड्का र विजयकुमार घर्तीले नगद रु. १ लाख जितेका छन् । माडी गाउँपालिकाको घर्तीगाउँस्थित तारकेबाङ सत्लिमारे माडी लघु जलविद्युतका सचिव खड्का र सदस्य घर्तीले उक्त नगत जितेका हुन् ।
डिशहोमले १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने योजना ल्याएको छ । यो योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले नजिकैको डिलरदाइकोमा गएर फन्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा सहभागी हुन पाउने छन् ।
यसका साथै यो अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एकजना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत नगद रु. १ लाख जित्ने अवसर पाउनेछन् । यही अफरअन्तर्गत खड्का र घर्तीले रु। १ लाख जितेका हुन् ।
नमुना स्याटलाइट प्रालि डिलरअन्तर्गत रहेको घर्तीगाउँ रोल्पाका चन्द्र एलेक्त्रोनिक्सका डिलरदाइहरु चन्द्र घर्तीकोमा १ वर्ष रिचार्ज गरेर खड्का र घर्तीले लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए ।
प्रतिक्रिया