गेट वे पेमेन्ट सर्भिस र नेपाल एसबिआई बैंकबीच यूपीआई नेपालको मेम्बर बन्न सम्झौता

बुधबार, २५ साउन २०७९, ०८ : २०

काठमाडौं - नेपाल एसबिआई बैंक लिमिटेडले गेट वे पेमेन्ट सर्भिस प्रालिसँग अन्तरआबद्धता तथा मोबाइल फर्स्ट प्रविधिमा आधारित युनिफाईड पेमेन्ट इन्टरफेस नेपाल (यूपीआई नेपाल) को नेटवर्क नेपालमा विस्तार गर्न सम्झौता गरेको छ । 

सम्झौतामा नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान अलम तथा गेट वे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले हस्ताक्षर गरेका छन् । 

बैंकिङ प्रणालीमा प्रविधिको उपयोग गराई नेपाललाई विश्व मापदण्डअनुरुपको सेवा प्रवाह गराउने विश्वसनीयताका साथ यस कम्पनीले अझै सुरक्षित र सजिलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार गर्न मिल्ने यूपीआई नेपाल प्रणाली सञ्चालनमा ल्याउन यस सहकार्यले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।  

बैंकले देशका विभिन्न स्थानमा ९१ शाखा, २१ एक्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२९ एटीएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

बुधबार, २५ साउन २०७९, ०८ : २०

प्रतिक्रिया