काठमाडौं - शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा ६८ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.२० प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ४१ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
आम्दानी घटेसँगै खर्च बढेका कारण कम्पनीको नाफा उल्लेख्य घट्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३.६९ प्रतिशत घटेको छ भने अन्य आम्दानी ३२१.५२ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको कुल सञ्चालन आम्दानी २.१७ प्रतिशत घटेको छ भने कुल खर्च ८.४४ प्रतिशत बढेको छ ।
४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष समीक्षा अवधिमा १०.६० प्रतिशत घटेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १६ रुपैयाँ ४४ पैसा घटेर १५ रुपैयाँ ६७ पैसा पुगेको छ ।
असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०९ रुपैयाँ ८२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४८.५० गुणा रहेको छ ।
प्रतिक्रिया