काठमाडौं - एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा ९७ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीलेले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यसतो देखाएको हो ।
विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.०८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७९ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
आम्दानी बढेसँगै कम्पनीको नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २४९.३९ प्रतिशत र वित्तीय आम्दानी १८.७७ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको लाभांश आम्दानी ३१।३३ प्रतिशत र अन्य आम्दानी २४१.१२ प्रतिशत बढेको छ ।
२० अर्ब ७१ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष समीक्षा अवधिमा ५.०८ प्रतिशत घटेको छ । नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ ।
समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १३ पैसा घटेर ४ रुपैयाँ ७१ पैसामा झरेको छ । असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.४४ गुणा रहेको छ ।
प्रतिक्रिया