५०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी कति ?

१ बर्ष अगाडि

काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

हिजो मंगलबार प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ७०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । 

हिजो मंगलबार प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया