काठमाडौं - ह्वावेले सीड्स फर द फ्युचर २०२२ को उद्घाटन समारोह काठमाडौंमा आयोजना भएको छ । उक्त कार्यक्रम ह्वावेको ग्लोबल फ्ल्यागशिप सीएसआर हो । जुन सबै आईसीटी सम्बन्धित विषयहरूका स्नातक तहका विद्यार्थीहरूका लागि लक्षित रहेको छ ।
ह्वावेले नेपालमा कार्यक्रम सुरु गरेको यो दोस्रो वर्ष हो । कार्यक्रम पहिलो पटक थाइल्याण्डमा २००८ मा सुरु भएको थियो । त्यसबेलादेखि १३० भन्दा बढी देश र क्षेत्रका १२,००० भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिएका छन् ।
यी हुन् छनोटमा परेका विद्यार्थीहरू :
यस वर्ष नेपालभरबाट २५६ आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ । जसलाई प्रा. डा. शशिधर राम जोशी, प्रा. तिमिला यमी थापा, प्रा. डा. सुवर्ण शाक्य र प्रा. डा. मनिष पोखरेलले लिएको जीपीए, प्रेरणा पत्र र छनोट अन्तर्वार्ताका आधारमा ७ जना विद्यार्थीलाई छनोट गरिएको थियो ।
नेपालबाट काठमाडौं विश्वविद्यालयका निर्माण खड्का र प्रज्ञा मल्लिक, मदन भण्डारी मेमोरियल कलेजका बंशज पौडेल, ख्वप ईन्जिनियरिङ कलेजका जतिन भुसाल, पुल्चोक क्याम्पसका रीया बैद्य र नदिका पौडेल तथा अमृत साइन्स क्याम्पसका अजु तामाङ छनोट भएका छन् ।
जुलाईमा छनोट भएदेखि, विद्यार्थीहरूले विभिन्न संलग्नताहरू मार्फत नेपालको आईसीटी उद्योगमा अन्तर्दृष्टि प्राप्त गर्दै आएका छन् । आयोजककाअनुसार विद्यार्थीहरूले नेपालमा डाटा सेन्टर सम्बन्धी कक्षाहरू प्राप्त गरेका छन्, डिशहोमका कार्यालयहरूमा गएर एफटीटीएच इन्टरनेटले कसरी काम गर्छ भन्ने कुरा सिकेका छन् र काठमाडौंको चाइना कल्चर सेन्टरमा भएको चाइनिज क्यालिग्राफी र चाइनिज पेपर कटिङ कार्यशालामा भाग लिएका थिए ।
संगठनको “द नेक्स्ट ५०” अभियानको एक हिस्साको रूपमा युनेस्कोले पनि विद्यार्थीहरूलाई संलग्न गराएको छ । विद्यार्थीहरूले अगस्ट १९ देखि अगस्ट २७ सम्म बैंककमा आयोजना हुने पहिलो क्षेत्रीय अनसाइट कार्यक्रममा पनि सहभागी हुन पाउनेछन् जहाँ उनीहरूले व्यावहारिक एप्लिकेसनहरू हेरेर ५जी, एआई, क्लाउड कम्प्युटिङ, मेटाभर्स र अन्य उदीयमान प्रविधिहरूको बारेमा सिक्नेछन् ।
यसका साथै फाइभजीको व्यावहारिक एपहरू हेर्दै र १४ देशका विद्यार्थीहरूसँग क्रस-सांस्कृतिक शिक्षामा पनि संलग्न हुनेछन् । उनीहरूले “टेक४गुड/Tech4Good” प्रतियोगितामा पनि भाग लिनेछन् जहाँ विद्यार्थीहरूले वास्तविक-विश्व वातावरणीय वा सामाजिक समस्याहरू विरुद्ध लड्न मौलिक विचार लिएर आउनुपर्ने हुन्छ ।
टेक४गुड परियोजनाका विजेता टोलीहरूले सिंगापुरमा अगस्ट २९ देखि सेप्टेम्बर २ सम्म आयोजना हुने टेक४गुड एक्सेलेटर क्याम्पमा सहभागी हुन पाउनेछन् । उनीहरू फर्किएपछि, विद्यार्थीहरूले सेप्टेम्बरको अन्त्यमा मुक्तिनाथमा ह्वावेद्वारा निर्मित वेस स्टेशनको भ्रमण गर्नेछन् ।
कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र छनोट समितिका सदस्यहरुले यस्तो कार्यक्रम ल्याएकोमा ह्वावेलाई धन्यवाद दिदै टेक फोर गुड प्रतियोगिताको लागि ७ विद्यार्थीहरूलाई शुभकामना दिएका थिए ।
त्यसैगरी ह्वावे नेपालका बोर्ड सदस्य जेसन लीले ह्वावेले प्रतिभाशाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइको लागि प्लेटफर्म दिन सक्षम बनाइराख्न चाहेको बताए ।
प्रतिक्रिया