कतिमा कारोबार हुँदै छ सुनचाँदी ?

१ बर्ष अगाडि

काठमाडौं - आज विहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

हिजो बुधबार प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहीबार प्रतितोला ९५ हजार ९०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ४०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । 

हिजो बुधबार प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी आज विहीबार प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया