घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१ बर्ष अगाडि

काठमाडौं - आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

हिजो विहीबार प्रतितोला ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो विहीबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।

हिजो विहीबार प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया