काठमाडौं - ह्वावे द्वारा भविष्यलाई आकार दिन डिजिटल प्रतिभाहरूलाई प्रेरित गर्दै आफ्नो अहिलेसम्म कै ठूलो क्षेत्रीय सिड्स फर द फ्युचर कार्यक्रम थाइल्याण्डमा सुरु थाइल्यान्डका उपप्रधानमन्त्री र आसियानका महासचिवले डिजिटल सीप कार्यक्रमको सुरुवातमा बधाई सन्देश दिए ।
बैङ्कक, थाइल्यान्ड, अगस्ट १९, २०२२ आज ह्वावेले आसियान फाउन्डेशन र थाइल्याण्डको पर्यटन अथोरिटि (TAT) सँगको सहकार्यमा सिड्स फर द फ्युचर २०२२ सुरु गरेको छ । अगस्ट १९ देखि २७ सम्म कार्यक्रमले थाइल्याण्डमा एसिया प्यासिफिक क्षेत्रका १६ देशका १२० उत्कृष्ट विद्यार्थीहरूलाई ९ दिने डिजिटल बुट क्याम्पको लागि एकै ठाउँमा ल्याउनेछ ।
सहभागीहरूले प्रविधि र क्रस-कल्चुरल अनुभवमा धेरै ज्ञान प्राप्त गर्ने छन् र Tech4Good परियोजनाहरू मार्फत सामाजिक समस्याहरूलाई सम्बोधन गर्न प्राविधिक सोलुसनहरूको प्रस्ताव राख्ने छन् । यस वर्ष १२० सहभागीहरूमध्ये ५६ जना महिलाहरू छन् जसले गर्दा २००८ बाट सुरु भएदेखि यस क्षेत्रमा २०२२ कोहोर्टलाई सबैभन्दा लैङ्गिक सन्तुलित बनाउँछ ।
ह्वावे र आसियान फाउन्डेशन सन् २०२१ मा MoU मा हस्ताक्षर गरेदेखि एसिया प्यासिफिक सीड्स फर द फ्युचर २०२२ ले पहिलो पटक यो कार्यक्रम आयोजना गरेको जनाउँछ । यस वर्षको कार्यक्रममा TAT ले पनि बैंककको सांस्कृतिक भ्रमणमा सहभागीहरूलाई होस्टिंग गरेर महत्त्वपूर्ण योगदान दिनेछ । सँगै मिलेर यी संस्थाहरूले एक तालमेल सिर्जना गर्ने आशा राखेका छन् जसले सहभागीहरूलाई अनुपम अनुभव प्रदान गर्नेछ ।
उद्घाटन समारोहमा स्थानीय सरकारका पदाधिकारी र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका वक्ताहरूले यस क्षेत्रको डिजिटल प्रतिभा इकोसिस्टमको लागि बलियो आधार निर्माण गर्न मल्टी(पार्टी सहकार्यले खेल्ने महत्त्वपूर्ण भूमिकामाथि प्रकाश पारे ।
प्रतिक्रिया