मंगलबार सुनचाँदी दुवैको मूल्य घट्यो, तोलाको कतिमा हुदैँछ कारोबार ?

मंगलबार, ०७ भदौ २०७९, ११ : १५

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य ओरालो लागेको छ ।  

हिजो प्रतितोला ९५ हजार ३०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोला ३०० रुपैंयाले घटेर प्रतितोला ९५ हजार रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य आज ९४ हजार ५०० रुपैंया भएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार १६० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार १६५ रुपैयाँमा किनबेच भएको थियो। 

मंगलबार, ०७ भदौ २०७९, ११ : १५

प्रतिक्रिया