एजेन्सी - एप्पलले भारतमा आईफोन १४ बनाउने योजना बनाएको छ । चीनमा नयाँ आईफोन रिलिज भएको दुई महिना पछि उत्पादन सुरु हुनेछ ।
विज्ञहरुका अनुसार पुराना सिरिजका नयाँ फोनको तुलनामा उत्पादनमा ६–९ महिनाको ढिलाइ कम गर्न कम्पनीले यो कदम चालेको हो ।
एप्पलले लामो समयदेखि भारतमा आईफोनहरू बनाइरहेको छ, तर यहाँ नयाँ मोडलहरूको उत्पादन सधैं ढिलो सुरु हुन्छ । कम्पनीले पहिले आफ्नो नयाँ आईफोन चीनमा बनाउन थाल्यो, लामो समयपछि भारतमा बनाउन थालेको हो । तर यो पटक परिवर्तन हुन सक्छ।
अमेरिका र चीनबीच जारी द्वन्द्व र चीनमा लकडाउनको डरलाई मध्यनजर गर्दै कम्पनीले अब नयाँ विकल्पको खोजी गरिरहेको छ । टीएफ इन्टरनेशनल सेक्युरिटीज ग्रुपका मिङ–ची कुओ जस्ता विश्लेषकहरूले भविष्यवाणी गरेका छन् कि एप्पलले लगभग एकै समयमा दुवै देशबाट अर्को आईफोन पठाउनेछ, जुन एप्पलको लागि आपूर्ति श्रृंखला बेन्चमार्क साबित हुनेछ ।
मूल्य कति ?
आइफोन १४ को मूल्य ७९९ डलर (लगभग भारु ६४ हजार) बाट सुरु हुने अपेक्षा गरिएको छ । यसैबीच, आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्सको मूल्य गत वर्षको आइफोन १३ प्रो र आइफोन १३ म्याक्सको तुलनामा १ सय डलर (लगभग रु. ८ हजार रुपैयाँ) ले बढ्न सक्छ ।
प्रतिक्रिया