काठमाडौं - हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैँतिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट–२०७८’ अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ ।
सो अफरअनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकले ३ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट र एक वर्षका लागि निःशुल्क बीमा तथा सडक कर, स्क्रयाच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुट र बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्फत १ जना विजेतालाई हुन्डाई आई२० जित्ने मौका थियो ।
यो अफरको विजेताको घोषणा हिमालय टीभीमा लाइभ लक्की ड्रमार्फत आज भदौ ९ गते गरिएको थियो । कार्यक्रमका मुख्य अतिथिमा कनज्युमर आई नेपालकी अध्यक्ष विमला खनाल रहेकी थिइन् ।
यो अफरअन्तर्गत बम्पर लक्की ड्रअन्तर्गत कुपन नम्बर १४७० काठमाडौंका लोकेश बज्रचार्यले हुन्डाई आई२० जितेका छन् ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकका लागि विभिन्न नौलो योजना ल्याउने गरेको छ र ‘हुन्डाई फेस्टिभ डिलाइट–२०७८’ योजनामार्पmत पनि ग्राहकलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो ।
यो योजना २०७८ भदौ २४ गतेदेखि कात्तिक ३० सम्म लागू गरिएको थियो ।
प्रतिक्रिया