तिज लक्षित आई पे रेमिटको विशेष योजना  मोबाइलसहित २० हजार जित्न सकिने मौका

शुक्रबार, १० भदौ २०७९, १० : १३

काठमाडौं - नारीको महान पर्व ‘हरितालिका तिज’लाई लक्षित गरि आई पे रेमिट प्रा.लि.ले “तिजको रमझम, आईपे रेमिटको गीतमा टिकटक बनाई नाचौँ छमछम” विशेष योजना सार्वजनिक गरेको छ । यस योजना भाद्र १० गतेबाट सुरु भई असोज १५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजना अन्र्तगत उत्कृष्ट टिकटक भिडियो बनाउने ५ जाना भाग्यशाली विजेताले हरेक दिन मोबाइल टपअप रु ५००, टिकटक भिडियोमा सबैभन्दा बढि लाइक पाउने सहभागीले लक्की विजेतास्वरुप रु १५००० र बम्पर पुरस्कारमा १ जान भाग्यशाली विजेताले रु २०,००० प्राप्त गर्ने छन् ।

नेपालको जुनसुकै ठाउँमा छरिएर रहेको २०००० भन्दा बढि भुक्तानी केन्द्रबाट आई पे रेमिट मार्फत् पठाएको पैसा सजिलै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।


 

शुक्रबार, १० भदौ २०७९, १० : १३

प्रतिक्रिया