एनसीसी बैंकका ग्राहकरुले कियर इन्टरनेसनल हस्पिटलमा छुट प्राउने, कति ?

मंगलबार, १४ भदौ २०७९, ०८ : ०२

काठमाडौं - एनसीसी बैंकले आफ्ना ग्राहकलाई कर्णाली प्रदेशको सुर्खेतस्थित जुम्लारोडमा रहेको कर्णाली कियर इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । 

सम्झौतापत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश प्रमुख चेतकान्त जैसी बञ्जाडे र कर्णाली कियर इन्टरनेसनल हस्पिटलका तर्फबाट उपनिर्देशक दिपककुमार गौतमले हस्ताक्षर गरेका छन् । 

सम्झौताअनुसार बैंकको भिसा डेभिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले कर्णाली कियर इन्टरनेसनल हस्पिटलमा क्याबिन (डिलक्स)मा २५ प्रतिशत, क्याबिन ९नर्मल० र होल बडी चेकअपमामा २० प्रतिशत, अपरेसन चार्जमा १५ प्रतिशत, सीटी स्क्यान, एक्स–रे, यूसीजी, इको, इन्डोसकोपी, आईसीयू, एनआईसीयू, पोस्ट अप, डेन्टल र एम्बुलेन्स सेवामा १० प्रतिशत र पाथोलोजी एन्ड फार्मेसी ९मेडिसिन०मा ५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटीएम बुथ सञ्चालन गरीे ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आमनागरिकका माझ विश्वासिलो बैंकिङ सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको छ ।

मंगलबार, १४ भदौ २०७९, ०८ : ०२

प्रतिक्रिया