काठमाडौं - फोर्स मोटर्सको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसनअन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रालिले नेपालीको महान चाड दसैँ र तिहारका अवसरमा ग्राहकलाई ध्यानमा राखी कुनै पनि गाडीको खरिदमा भरमार उपहारको वर्षा लिएर आएको छ ।
जसअन्तर्गत आकर्षक नगद छुट, वासिङ मेसिन, स्मार्ट टीभी, स्मार्ट फोनलगायतका उपहारहरुको वर्षा ल्याएको छ । यस अफर आजको मितिदेखि लागू भई छठ पर्व अर्थातु २०७९ कात्तिक १३ गतेसम्म लागू हुनेछ ।
विगत ८ वर्षदेखि फोर्स मोटर्सले नेपालमा आफ्नो आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टलमार्फत आफ्ना गाडीहरुको बिक्रीवितरण गर्दै आइरहेको छ ।
आयाम इन्टरकन्टिनेन्टलले काठमाण्डौको गैह्रीधारा पोखराको चाउथे र सुन्सरीको इटहरी आफ्नै शोरुम सञ्चालनमा ल्याएको छ भने स्थानीय डिलरका रुपमा चितवनको भरतपुरमा, झापाको बिर्तामोड, ललितपुरको बाघडोल, सिराहाको लाहान, धनुषाको जनकपुरमा डिलरमार्फत फोर्स मोटर्सका गाडीहरु बिक्रीवितरणमा ल्याइरहेको छ ।
ग्राहकले आफूलाई पायक पर्ने स्थानमा गएर यस अफरको फाइदा लिन सक्नेछन्। यसका साथै यी सम्पूर्ण शोरुममा थ्रीएस ९सेल्स, सर्भिस र स्पेयरपार्टस० सहितको सुविधा रहेको छ ।
प्रतिक्रिया