रामदेव तेलको कमेन्ट एन्ड विन योजनाका विजेतालाई दिइयो पुरस्कार

शनिबार, १८ भदौ २०७९, ०८ : ५१

काठमाडौं - लक्की ग्रुपको भागिनी संस्था गणपति वनस्पति प्रालिद्वारा उत्पादत गरी बिक्रीवितरण गर्दै आइरहेको रामदेव तेलद्वारा बुवाको मुख हेर्ने दिन कुशेऔँशीको अवसरमा कमेन्ट एन्ड विन योजना सहभागी भई लक्की ड्रमार्फत पुरस्कार जित्न सफल प्रतियोगीलाई आज एक समारोहबीच कुलेश्वरमा पुरस्कार वितरण गरिएको छ । 

यस योजनाअन्तर्गत प्रतियोगितामा भाग लिई लक्की ड्रमार्फत विजेता हुन सफल प्रतियोगीहरुमध्ये २ जनाले जनही १–१ कार्टुन रामदेव सनफलावर तेल प्राप्त गरेका छन् । यस प्रतियोगितामा सहभागी भई विजेता हुन सफल काठमाण्डौंकी करुणा पाठक र दीपा ताम्राकार छन् । 

दुवै विजेता पुरस्कार वितरण समारोहमा स्वास्थ्य समस्याका कारण स्वयं उपस्थित हुन असमर्थ भएकोले करुणा पाठकका पति निसान ढुंगेल र दीपा ताम्राकारका पति ओम्मी ताम्राकारले ग्रहण गरेका थिए । 

दुवै विजेतालाई पुरस्कार वितरण रामदेव तेलका बजार प्रबन्धक विनोद श्रेष्ठले गरेका थिए । 

शनिबार, १८ भदौ २०७९, ०८ : ५१

प्रतिक्रिया