मंगलबार सुनचाँदी दुवैको मूल्य, कतिमा हुदैँछ त कारोबार ?

मंगलबार, २१ भदौ २०७९, ११ : ०१

काठमाडौं, मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । लगातार तेस्रो दिन पनि सुनको मूल्य उकालो लागेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य  प्रतितोलामा ३०० रुपैयाँले बढेको छ । योसँगै सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ भएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य आज ९३ हजार ५०० रुपैयाँ कायम भएको छ। 

हिजो सोमबार पनि सुनको मूल्य प्रतितोलामा १०० रुपैयाँले बढेको थियो। हिजो सुनको मूल्य प्रतितोला   ९३ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो। गत आइतबार पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार १२५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १ रुपैयाँले बढेर चाँदी १ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो। 

मंगलबार, २१ भदौ २०७९, ११ : ०१

प्रतिक्रिया