काठमाडौं, नमस्ते पे ले दशैँ, तिहार तथा छठ पर्वलाई समेट्नेगरी 'फेस्टिभल क्यामपिङ' ल्याएको छ र यस अभियानामा ४९ दिनसम्म नमस्ते प्रयोगकर्ताहरु विभिन्न सेवाहरु विभिन्न अफर पाउनेछन् ।
यस अभियानमा बम्पर अफरको रुपमा, सात भाग्यशाली विजेताहरुले शत प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् । प्रयोगकर्ताहरुले जति धेरै ट्रान्जेक्सन गर्नेछन्, त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र शत प्रतिशत क्यासब्याक पाउने मौका हुनेछ । अभियान अवधिको बीचमा कुनै सेवाहरु ( wallet to wallent transfer र load fund बाहेक ) को कारोबार गर्ने प्रयोगकर्ताहरु बम्पर योजनामा सहभागी हुन योग्य हुनेछन् ।
त्यसैगरी, नमस्ते पे मार्फत बिलहरु भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पे ले तिरिदिने अफर रहेको छ । हवाई टिकट खरिद गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताल रु. १ हजार क्यासब्याक पाउनेछन् र अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउण्ड हवाई टिकट निशुल्क पाउनेछन् । दशैँ दक्षिणाको रुपमा,आफ्नो परिवार र आफन्तहरुलाई बालेट टु बालेट ट्रान्सफर गर्ने २० जना भाग्यशाली प्रयोगकर्ताहरुले शत प्रतिशत क्यासब्याक पाउनेछन् ।
त्यस्तै, अभियान अवधिभर सबै प्रयोगकर्ताले मोबाइल टपअपमा १० प्रतिशत क्यासब्याक वा अधिकतम १० रुपैंयासम्म पाउनेछन् । प्रयोगकर्ताहरुलाई प्रोमोकोड उपलब्ध गराइनेछ जुन तीन पटक रिडिम गर्न सकिन्छ ।
साथै, नमस्ते पेले भ्वाइुस र डेटा प्याकहरु,बिलहरुको भुक्तानी,merchant भुक्तानीहरु, हवाई टिकटहरु आदि सहित विभिन्न सेवाहरुमा विभिन्न फ्लायस अफर प्रदान गर्नेछ ।
प्रतिक्रिया