नमस्ते पेको फेस्टिभ क्याम्पेन सुरु : सात भाग्यशाली विजेताहरुले १०० प्रतिशत क्यासब्याक प्राप्त गर्ने

बुधबार, २९ भदौ २०७९, ०७ : ५२

काठमाडौं - दसैँ, तिहार तथा छठ पर्वलाई समेट्नेगरी नमस्ते पेले फेस्टिभ क्याम्पेन ल्याएको छ ।  यस अभियानमा ४९ दिनसम्म नमस्ते पे प्रयोगकर्ताहरु विभिन्न सेवाहरु विभिन्न अफर पाउनेछन् ।

यस अभियानमा बम्पर अफरका रुपमा सात भाग्यशाली विजेताहरुले १०० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् । प्रयोगकर्ताले जति धेरै ट्रान्ज्याक्सन गर्नेछन् । त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र १०० प्रतिशत क्यासब्याक पाउने मौका हुनेछ । 

अभियान अवधिको बीचमा कुनै पनि सेवाहरु (वालेट टु वालेट ट्रान्सफर तथा लोड फन्ड) को कारोबार गर्ने प्रयोगकर्ता बम्पर योजनामा सहभागी हुन योग्य हुनेछन् ।

त्यसैगरी नमस्ते पेमार्फत युटिलिटी बिल भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पेले तिरिदिने अफर रहेको छ । हवाई टिकट खरिद गर्दा हरेक हप्ता एकजना भाग्यशाली विजेताले रु १००० क्यासब्याक पाउनेछन् र अभियानको अन्त्यमा दुईजना भाग्यशाली विजेताले पोखराको राउन्ड हवाई टिकट निःशुल्क पाउनेछन् । 

दसैँ दक्षिणाका रुपमा आफ्नो परिवार र आफन्तलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जना भाग्यशाली प्रयोगकर्ताले १०० प्रतिशत क्यासब्याक पाउनेछन् । 

त्यस्तै अभियान अवधिभर सबै प्रयोगकर्ताले मोबाइल टपअपमा १० प्रतिशत क्यासब्याक वा अधिकतम १० रुपैयाँसम्म पाउनेछन् । प्रयोगकर्तालाई प्रोमोकोड उपलब्ध गराइनेछ । जुन तीनपटक रिडिम गर्न सकिन्छ। 

यसका साथै नमस्ते पेले भ्वाइस र डेटा प्याक, बिलहरुको भुक्तानी, मर्चेन्ट भुक्तानीहरु, हवाई टिकटहरु आदिसहित विभिन्न सेवामा विभिन्न फ्ल्यास अफर प्रदान गर्नेछ ।

बुधबार, २९ भदौ २०७९, ०७ : ५२

प्रतिक्रिया