अशोक लेल्यान्डले ल्यायो दसैँतिहार लक्षित अफर : ‘हर्षको बहार, लैजानुहोस् छानी–छानी उपहार’

बुधबार, २९ भदौ २०७९, ०८ : ४८

काठमाडौं - आइएमई मोटर्सले दसैँतिहारलाई लक्षित गरी अशोक लेल्यान्ड गाडीहरुमा ‘चाडपर्व, हर्षको बहार, लैजानुहोस् छानी–छानी उपहार’ अफर सार्वजनिक गरेको छ ।

यो अफरआन्तर्गत साना दोस्त गाडीको खरिदमा ल्यापटप अथवा सुन र मोबाइल फोन अथवा दुईजानलाई थाइल्यान्ड टुर पाउनेछन् । आईसीभी, ट्रक, टिप्पर र आईसीभी बसको खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा दुईजानालाई सिंगापुर टुर पाउनेछन् । 

एम एन्ड एचसीभी, ट्रक, टिप्पर र एमडीभी बसमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा एकजानलाई युरोप टुरमध्ये एक छानेर लिन सक्नेछन् ।

कम्पनीले उपहारसहित ३० प्रतिशत डाउनपेमेन्ट गरेर बाँकी ७० प्रतिशत रकमलाई सरल किस्ताबन्दीमा भुक्तानी गर्नेगरी कुनै पनि सवारीसाधनहरु खरिद गर्न सक्नेछन् । अफर कमर्सियल भेहिकलका सम्पूर्ण रेन्जका सवारीसाधनहरुमा उपलब्ध हुने र सीमित अवधिका लागिमात्र लागू गराइएको जनाइएको छ ।

रेमिट्यान्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । रेमिटेन्स, बैंकिङ इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, ऊर्जालगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ । 

आइएमई मोटर्सले विशेष सुविधायुक्त एम्बुलेन्स, दमकल, ट्रक, टिपर, स्कुल बससहित साना तथा ठूला कमर्सियल गाडीहरु बिक्रीवितरण गर्दै आएको छ । यसका साथै आर्मी र पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ ।

बुधबार, २९ भदौ २०७९, ०८ : ४८

प्रतिक्रिया