काठमाडौं - स्वागलाई उचाइमा पुर्याउँदै पेप्सीले उपभोक्ताको तिर्खा मेटाउने बाचासहित नेपालका उपभोक्ताको मन लोभ्याउन ‘मोर फिँज’ युक्त नयाँ पेप्सी प्रस्तुत गरेको छ ।
नयाँ परिमार्जित पेप्सीमा बढी फिँज आउँछ, जसले यसभन्दा पहिले नपाइएको स्फूर्तिदायी स्वाद प्रदान गर्नेछ । यसको स्फूर्तिदायी नयाँ फर्मुलेसनका कारण उपभोक्तालाई यो पेय पदार्थ अपरिहार्य बन्न जानेमा कम्पनी विश्वस्त छ ।
यो नयाँ ‘मोर फिँज’ पेप्सीको अनावरण काठमाण्डौमा आज अपराह्नमा आयोजित एक स्वागमय कार्यक्रमका बीच पेप्सी सद्भावना दूत एवं चर्चित नायक प्रदीप खड्काको उपस्थितिमा गरिएको थियो ।
नेपालमा आउँदा दिनहरुमा गरिने ‘मोर फिँज, मोर स्वाग’ अभियानले पनि सम्पूर्ण नयाँ पेप्सीका लागि स्फूर्तिदायी अनुपातलाई बढी जोड दिने जनाइएको छ ।
नयाँ मोर फिँज पेप्सी सिंगल र मल्टी पेट सर्भ प्याकहरु नेपालभरका डिपार्टमेन्ट स्टोरहरु तथा किराना पसलहरुमा उपलब्ध गराइएको छ । यसका साथसाथै ई–कमर्स साइटहरुमा पनि पाइन्छ ।
प्रतिक्रिया