मंगलबार सुनको मूल्य तोलामा ४०० ले बढ्यो,चाँदीको मूल्य पनि वृद्धि

मंगलबार, ०४ असोज २०७९, ११ : ००

काठमाडौं, नेपाली बजारमा मंगलबार सुनचाँदी दुवैको मूल्य उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम भएको छ ।  

हिजो सोमबार भने सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला सुनको मूल्य ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार १८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार १७५ रुपैयाँमा किनबेच भएको थियो। 

मंगलबार, ०४ असोज २०७९, ११ : ००

प्रतिक्रिया