घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

१ बर्ष अगाडि

काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

हिजो मंगलबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।

हिजो मंगलबार प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार १७० रुपैयँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया