आज विहीबार बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

१ बर्ष अगाडि

काठमाडौं - आज विहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

हिजो बुधबार प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहीबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

हिजो बुधबार प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार १८५ रुपैयँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया