बाल्ट्राले ल्यायो  ‘बाल्ट्रा बम्पर बबाल’ उपहार योजना

१ बर्ष अगाडि

काठमाडौं - चाडपर्वको यो मौसममा ग्राहक वर्गलाई लक्षित गर्दै बाल्ट्राले ‘बाल्ट्रा बम्पर बबाल’ उपहार योजना ल्याएको छ ।

बाल्ट्राको कुनै पनि प्रडक्ट किन्दा लक्की ड्रमार्फत हरेक हप्ता पाँचजनाले इन्डक्स कुकिङ सेट जित्न सक्नेछन् । जसमा विजेताले पाउनेछन् । इन्डक्सन कुकटप, प्रेसर कुकर र कढाई।यसका साथसाथै बम्परमा पाँच जनाले १—१ तोला सुन जित्न सक्नेछन् । 

नेपालभर रहेका बाल्ट्राका आधिकारिक बिक्रेता ९डिलर, रिटेलर, एक्स्क्लुसिभ शोरुम तथा अनलाइन रिटेलर०बाट बाल्ट्राका जुनसुकै प्रडक्ट खरिद गर्ने ग्राहक यस प्रतियोगितामा सहभागी हुन सक्नेछन् । 

सहभागी हुनको लागि <BALTRA><BBB><VAT/PAN BILL NO.><NAMEOFBUYER>  टाइप गरी ३१००७ मा एसएमएस गर्नुपर्ने हुन्छ । उपहार दाबी गर्नका लागि विजेताले सामान खरिद गरेको भ्याट वा प्यान बिल ल्याउनुपर्नेछ ।

यसका साथै उपहारमा लागू हुने कर विजेता आफैँले व्यहोर्नुपर्ने छ । यो उपहार योजना भदौ २८ देखि कात्तिक १४ गतेसम्मका लागिमात्र लागू गरिएको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया