एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१ बर्ष अगाडि

काठमाडौं - आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

हिजो विहीबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो विहीबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला १००० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

हिजो बुधबार प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २०० रुपैयँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया