आइएमई पेका ग्राहकलाई स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५ प्रतिशत छुट

१ बर्ष अगाडि

काठमाडौं - आइएमई पे र सोर्स कोड प्रालिबीच आइएमई पेका ग्राहकलाई स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५ प्रतिशत छुट दिने सम्झौता भएको छ। 

आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले आइएमई पेबाट टीएमएसमा लोड कोल्याट्रल  र ब्रोकर फन्ड सेटलमेनट गर्दा आइएमई पेका ग्राहकले स्मार्ट वेल्थ प्रोको विभिन्न सब्स्क्रिप्सन प्याकेजमा ३५ प्रतिशत छुट पाउने बताए । 

डिस्काउन्न्ट कोड ग्राहकले आफ्नो ब्रोकर टीएमएसमा आइएमई पे छनोट गरी लोड कोल्याट्रल र ब्रोकर फन्ड सेटलमेनट गरेको भोलिपल्ट आफ्नो मोबाइलमा मेसेजमार्फत पाउनेछन् । उनले आइएमई पेका ग्राहकहरुलाई यस छुटको भरपुर सदुपयोग गर्न पनि आग्रह गरे ।

१ बर्ष अगाडि

प्रतिक्रिया