भाटभटेनीमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

१ बर्ष अगाडि

काठमाडौं - भाटभटेनी सुपरमार्केटका ग्राहकले अब नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम रु. १०० सम्मको) क्यासब्याक प्राप्त गर्न सक्नेछ । क्यासब्याक अफर नेपालभरिका भाटभटेनीका शाखाहरुमा असोज ९ गतेदेखि २२ गतेसम्म उपलब्ध हुनेछ ।

डायनामिक क्यूआरका रुपमा हालै उक्त डिपार्टमेन्ट स्टोरमा उपलब्ध नेपालपे क्यूआरमा ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट वा कनेक्ट आईपीएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्दछन् । भाटभटेनीमा नेपालपे क्यूआरको सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको फोकसवान सोलुसन्सको सहकार्यमा सुचारु गरिएको हो । 

चाडपर्वको समयमा देशको सबैभन्दा ठूलो रिटेल स्टोरमा लागू गरिएको उक्त अफरमार्फत नगदरहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया