टीभीएसको ‘कायापलट’ योजनामा ग्राहकहरुले लाखौँ जित्दै

१ बर्ष अगाडि

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामक विशेष योजना सार्वजनिक गरेको एक महिना पनि नपुग्दै बिराटनगरका मुरारी पाण्डेले केशरीचन्द भंवरलाल एन्ड कम्पनीबाट टीभीएस रेडर नकिन्दै ५ हजार र किनेपछि १० लाख नगद पुरस्कार जित्न सफल भएका छन्। 

यसैगरी जनकपुरका राज देव मुखियाले आरएन अटोमोबाइलसबाट टीभीएस रेडर खरिद गर्दा १००% क्यासब्याक पाउन सफल भएका छन्। काठमाण्डौको धापासीनिवासी भुजेन्द्र सरु मगरले पनि बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्स प्रालिबाट एन्टर्क १२५ रिएफआई स्कुटर खरिद गर्दा १०० % क्यासब्याक पाएका छन्। 

कम्पनीका अनुसार हालसम्म लगभग २० जनाले मोबाइल फोन र त्यति नै ग्राहकले लाखौँको नगद उपहार पाएका छन्।

‘कायापलट’ योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँचपटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन्। यो योजनामा नकिन्दै १ लाख र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका रहेको छ। हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियलमी सी३० स्मार्टफोन प्रदान गरिन्छ। 

यसका साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार रु. ५० लाखको नगद पुरस्कार उपलब्ध गरिनेछ। 

यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ। जसअन्तर्गत २०% डाउनपेमेन्ट वा रु. ४ हजार २०० को मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सकिनेछ। 

यो योजना देशभर सीमित अवधिका लागि उपलब्ध हुनेछ र विजेताहरुको घोषणा प्रत्येक मंगलबार लक्की ड्रमार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुँदै आएको छ।

जगदम्बा मोटर्स नेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनका लागि एकमात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ। गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्रान्डका रुपमा स्थापित छ।

१ बर्ष अगाडि

प्रतिक्रिया