सोमबार स्थिर रहेको सुनको मूल्य आज घट्यो, चाँदीको मूल्य पनि गिरावट

१ बर्ष अगाडि

नेपाली बजारमा मंगलबार सुनचाँदी दुवैको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ९०० रुपैयाँ कायम भएको छ। 

हिजो सोमबार सुनको मूल्य स्थिर रहेको थियो। यो दिन सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार १५० रुपैयाँ कायम भएको छ। हिजो सोमबार पनि चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार १६० रुपैयाँमा किनबेच भएको थियो। 
 

१ बर्ष अगाडि

प्रतिक्रिया