सुनको मूल्य बढ्दा घट्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?

१ बर्ष अगाडि

काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

हिजो मंगलबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ ।

हिजो मंगलबार प्रतितोला १ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १४५ रुपैयँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया