दुई महिनामा करिब ४४ हजार तोला सुन आयात, ५० प्रतिशत घट्यो

१ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको पहिलो दुई महिनामा करिब ४४ हजार तोला सुन आयात भएको छ । भन्सार विभागको तथ्याँक अनुसार साउन र भदौमा ४३ हजार ४३ हजार ८२५ तोला सुन नेपाल भित्रिएको छ ।

गत आर्थिक वर्षको पहिलो दुई महिनामा १ लाख ४ हजार २०२ तोला सुन आयात भएकोमा यस वर्ष सुनको आयात निकै घटेको छ । गत वर्षको तुलनामा सुनको आयात ५० प्रतिशत भन्दा धेरैले घटेको छ ।

गत साउनमा बैंकहरुले कुल १ अर्ब ४८ करोड २७ लाख रुपैयाँको सुन आयात गरेका थिए भने भदौमा २ अर्ब १६ करोड ७६ लाख रुपैयाँ बराबरको सुन आयात गरेका छन् ।

गत आर्थिक वर्षको यो दुई महिनामा बैंकहरुले ८ अर्ब ३५ करोड रुपैयाँको सुन आयात गरेका थिए। 
 

१ बर्ष अगाडि

प्रतिक्रिया