चाँदीको आयातमा भारी गिरावट, दुई महिनामा कति भित्रियो ?

१ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षमा चाँदीको आयात निकै घटेको छ । गएको दुई महिनामा १३ करोड २५ लाख रुपैयाँको १ हजार ४४५ किलो चाँदी आयात भएको छ । 

गत वर्षको साउन र भदौमा ६ अर्ब ६५ करोड रुपैयाँ बराबरको ६९ हजार १५२ किलो चाँदी आयात भएको थियो। यो वर्ष चाँदी आयात पनि ह्वातै घटेको छ ।

चाँदीको आयातमा सरकारले कडाइ गरेको छ भने राष्ट्र बैंकले पनि सुन आयातको कोटा घटाएको कारण सुन आयात घटेको छ । अहिले बैंकहरूले एकपटकमा १० किलो मात्रै सुन ल्याउन पाउँछन् ।

चाडपर्वले गर्दा पछिल्लो समय सुनको माग बढेको छ । तीज अघिदेखि नै बजारमा सुन चाँदीको माग उच्च छ । अहिले दशैँ नजिकिँदै जाँदा पनि गरगहना खरिद गर्ने बढेका छन् जसले गर्दा सुनको भाउ उच्च छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया