दसैंँका लागि कोका–कोला नेपाल र सन्तोष साहको विशेष ५ रेसिपी

१ बर्ष अगाडि

काठमाडौं - नेपालीहरुको महान चाड विजयादशमीलाई लक्षित गरेर कोका–कोला नेपालले मास्टर सेफ विजेता सन्तोष साहसँग मिलेर दसैंँ विशेष ५ वटा रेसिपीहरु तयार गरेको छ । 

दसैंँमा विशेष खाइने परिकारहरु सेल रोटी, खसीको पक्कु, आलु वा कटहरको अचार, मालपुवा र भरेको पर्वल बनाउने तरिका यो रेसिपीमा समावेश गरिएको छ । सबैजनाले सजिलैसँग बनाउन सक्ने भएकोले यी रेसिपीहरु दसैंँका लागि अत्यन्तै उपयुक्त छन् । 

कोका–कोला बोतलको लेबलमा भएको क्यूआर कोड स्क्यान गरेर यी रेसिपी भिडियोहरु हेर्न सकिनेछ भने कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा पनि यी रेसिपी भिडियोहरु उपलब्ध हुनेछन् । 

यसका साथै उपभोक्ताले आफूले बनाएको परिकारको भिडियो कोका–कोला नेपाल र सेफ सन्तोष साहलाई ट्याग गरेर आफ्नो सामाजिक सञ्जालमा राख्न सक्नेछन् । यसरी भिडियो राख्नेमध्ये ३ जना भाग्यशाली विजेताले सेफ सन्तोष साहसँग भेट्ने मौका पनि पाउन सक्नेछन् । 

यस सहकार्यका बारेमा सेफ सन्तोष साहले भने, ‘दसैंँको कुरा गर्नासाथ हाम्रा परम्परागत स्वादिला खानाहरुको पनि कुरा आइहाल्छ । यो वर्ष मैले कोका–कोलासँग मिलेर दसैंँमा खाइने ५ विशेष परिकारको रेसिपी यहाँँहरुलाई दिँदैछु । यो रेसिपीमा मैले आफ्नै विशेष तरिका अथवा सामानहरु पनि थपेको छु । आशा छ, यहाँँहरुले पनि आफ्नो प्रियजनहरुसँग यो रेसिपी बनाउनुहुनेछ र सँगै बसेर रमाइलो गर्दै खानुहुनेछ। यसरी यी परिकार बनाएको भिडियो चाहिँ सामाजिक सञ्जालमा पनि राख्नुहोला ।’

यस्तै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘नेपालीहरु आफ्नो चाडपर्व र आफ्नो  मौलिक स्वादप्रति एकदमै गर्व गर्नुहुन्छ । त्यसैले उहाँँहरुका लागि मास्टर सेफ सन्तोष साहसँग मिलेर दसैंँ विशेष परिकारहरुको रेसिपी प्रदान गर्न पाउँदा हामी पनि उत्तिकै उत्साहित छौँ। हामीलाई आशा छ उहाँँहरुले पनि यी रेसिपीहरु बनाउनुहुनेछ र चिसो कोका –कोलासँग स्वाद लिनुहुनेछ ।’ 

कोका–कोलाले यो वर्षको आफ्नो दसैंँ क्याम्पेनको एउटा भागका रुपमा मास्टर सेफ सन्तोष साहसँग सहकार्य गरेको हो । ‘सम्बन्ध उत्सव स्वादसँग’ थिम राखिएको यो क्याम्पेनले दसैंँको मुख्य आकर्षण सम्बन्ध र खानाको स्वादलाई प्रतिविम्बित गरेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया