मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढ्यो, दैनिक ३५ लाख लिटर खपत

१ बर्ष अगाडि

काठमाडौं - दसैँ नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । विगतको तुलनामा दसैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ ।

साविक २२ लाख लिटर पेट्रोल खपत हुने गरेको थियो । हिजोआज पेट्रोलको खपत दैनिक ३५ लाख लिटर पुगेको निगमले जनाएको छ ।

डिजेल दैनिक ५५ लाख लिटर खपत भइरहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । साविकमा दैनिक औसत ३५ लाख डिजेल खपत हुँदै आएको थियो ।

दसैँ मनाउन सर्वसाधारण उपत्यका बाहिरिन थालेसँगै काठमाडौँका केही पेट्रोल पम्पमा इन्धन भर्नेको लामो लाइन लागेको छ । आजदेखि सरकारी तथा निजी कार्यालय दसैँ बिदासम्म बन्द भएका छन् । कार्यालय बिदा भएसँगै उपत्यकाबाट बाहिरिनेको चाप बढेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया