मंगलम इन्डस्ट्रिजले पुरस्कृत गर्‍यो प्राविधिकहरुलाई

सोमबार, ३१ असोज २०७९, ०७ : ५१

काठमाडौं - नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलिमर पाइपिङ प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इन्डस्ट्रिज प्रालिले सुनसरीको इटहरीमा प्राविधिक भेटघाट एवं पुरस्कार वितरण सम्पन्न गरेको छ । प्राविधिकहरुलाई अभिप्रेरित गर्न उक्त कार्यक्रम गरिएको मंगलम पाइपले जनाएको छ ।

कार्यक्रममा गत वर्षको स्किममा प्राविधिकहरुले गरेको प्रदर्शनअनुसार पुरस्कारहरु वितरण गरिएको थियो भने स्किमअनुसारको अन्य विभिन्न उपहारहरु पनि वितरण गरिएको थियो । 

जसअन्तर्गत प्राविधिकहरुले २ वटा १२५ सीसीको पल्सर मोटरसाइकल, एउटा १५० सीसीको पल्सर जित्नुका साथै ६ जनाले ल्यापटप, १० जनाले १–१ तोला सुन र ६ जनाले टेलिभिजन जित्न सफल भएको कम्पनीका असिस्टेन्ट भाइस प्रेसिडेन्ट सुमित शर्माले जानकारी दिए ।

टेक्निसियन प्रोत्साहन कार्यक्रम ९कुपनबापत०अन्तर्गत उक्त कार्यक्रम गरिएको र यस्ता किसिमका अन्य कार्यक्रम भविष्यमा पनि सञ्चालनमा ल्याइने शर्माले बताए । 

कार्यक्रममा उक्त क्षेत्रमा क्रियाशील लगभग ५० जना प्राविधिकको उपस्थिति थियो । मंगलमका सबै उत्पादनहरु उच्च गुणस्तरीय जापानी कच्चा पदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छ ।

 नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले नेपालमा निर्माण कार्यका लागि आवश्यक सबै पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ। मंगलमको हरेक उत्पादनहरु उच्च गुणस्तरीय जापानिज कच्चा पदार्थबाट अत्याधुनिक प्रविधिको प्रयोग गरी बनाइन्छन् । यसका सबै उत्पादनहरु आईओएस ९००१ः२०१५ प्रमाणित छन् ।

सोमबार, ३१ असोज २०७९, ०७ : ५१

प्रतिक्रिया