तिहारपछि हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतबार, १३ कार्तिक २०७९, १० : ५२

काठमाडौं - आज आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

गत कात्तिक ७ गते सोमबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज कात्तिक १३ गते आइतबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार गत कात्तिक ७ गते सोमबारको तुलनामा आज कात्तिक १३ गते आइतबार तिहारपछि सुनको मूल्य प्रतितोला १००० रुपैयाँले घटेको हो । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।

गत कात्तिक ७ गते सोमबार प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भएको चाँदी आज तिहारपछि कात्तिक १३ गते आइतबार प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

आइतबार, १३ कार्तिक २०७९, १० : ५२

प्रतिक्रिया