अन्ततः महाकाली सन्धीबाट भारत पछाडि हट्दै, पञ्चेश्वर आयोजना नबनाउने निष्कर्ष

५ बर्ष अगाडि

काठमाडौँ – नेपालको विगत २५ वर्षदेखिको सपना अन्ततः पूरा नहुने भएको छ । गिरिजा प्रसाद कोइराला र तत्कालीन नेकपा(एमाले)ले पश्चिमबाट  सुर्य उदाउँछ भन्दै मध्यरातमा पारित गरेको महाकाली सन्धीको प्रमुख योजनाको रुपमा रहेको पञ्चेश्वर बहुउद्देश्यिय आयोजनाबाट करिब करिब भारत पछाडि फिर्ता हुने अवस्था आएको छ ।

सो आयोजनाको नाममा पटक पटक नेपाल र भारतकाबीचमा महत्वपूर्ण छलफल भएको भनियो । प्रगति भएको विवरण पनि सार्वजनिक गरियो । तर सो आयोजना अब भने करिब करिब निर्माण नहुने अवस्थामा पुगेको छ । 

भारतीय अधिकारीहरुले नेपाल र भारतले सो आयोजनामा पैसा लगाउन पनि नसक्ने भन्दै आयोजनाबाट फिर्ता हुने संकेत नेपाली पक्षलाई गरेको नेपाली दूतावास नयाँ दिल्लीका एक अधिकारीले बताए । ती अधिकारीकाअनुसार आयोजनामा कुनै पनि प्रगति नभएको, सधै गफ मात्रै भएको र कुनै पनि कोणबाट काम नभएको भन्दै महाकाली सन्धीको मर्म र भावनाबाट भारत पछाडि हट्न लागेको संकेतहरु प्राप्त भएका छन् ।

भारतलाई नेपालको विद्युत् भन्दा पनि पानी चाहिएको हो । पानी प्राप्त भइरहेको अवस्थामा ठूलो धनराशी खर्च गरेर किन आयोजना बनाउने भन्दै भारतीय पक्षले नेपाली पक्षलाई सो आयोजनाका बारेमा अब धेरै चर्चा नगर्न समेत भनेको बताइन्छ । 

अब धेरै चर्चा गर्नु जरुरी छैन, कर्मचारीले पनि केही काम गरेनन्, सधै प्रतिवेदन मात्रै बनाएर बसे, उनीहरुले आफ्नो स्वार्थ भन्दा बढी केही पनि हेरेनन् । उनीहरु मध्ये केहीले त यसैको नाममा जागिर पनि खाए र अवकाश पनि भए । पैसा पनि बढी लाग्छ, अब कसरी त्यत्रो आयोजना बनाउने भन्ने पक्षमा भारत रहेको छ । उसले आयोजनामा फाइदा भन्दा केफाइदा बढी रहेको तर्क गर्ने गरेका छन् उनीहरुले आयोजना सम्भाव्य नभएको घोषणा गर्न मात्रै बाँकी रहेको छ ।

करिब ६ हजार ५०० मेगावाट क्षमताको सो आयोजनालाई विगत २५ वर्षदेखि महत्वाकाक्षी परियोजनाको रुपमा नेपाल र भारतका अधिकारीले चर्चा गर्ने गरेका थिए । आयोजनालाई अगाडि बढाउन पनि चासो राखिएको थियो । तर पछिल्लो समयमा भारतले पानीको चासोलाई सम्बोधन गर्न भन्दै विद्युत् तिर ध्यान नदिएको जानकारहरुको भनाइ छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया